Genesis 44:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले भने, “होइन, होइन! म कहिल्‍यै त्‍यस्‍तो गर्नेछैनँ। जसकोबाट कचौरा निस्‍क्‍यो, त्‍यो मात्र मेरो कमारो हुनेछ। बाँकी तिमीहरूचाहिँ कुशलको साथ आफ्‍नो बुबाकहाँ जाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योसेफले भने, “मबाट यस्‍तो कहिल्‍यै हुनेछैन। जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो त्‍यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्‍ना बुबाकहाँ शान्‍तिपूर्वक जाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर योसेफले भने, “यस्तो काम मबाट दूर रहोस्! जुन मानिससित मेरो कचौरा पाइयो, त्यो मात्र मेरो दास हुनेछ। अरूचाहिँ शान्तिसँग आफ्ना पिताकहाँ जाओ।”
Nepali ERV (पवित्र बाइबल)
तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”