Genesis 44:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले भन्‍यौं ‘कि हाम्रा एक जना बुढा बुबा र उहाँको बुढेसकालका छोरा सानो-सानो हाम्रा एक जना भाइ छन्। त्‍यस भाइको दाजुचाहिँ मर्‍यो र त्‍यसको आमापट्टि अब खालि त्‍यही मात्र जिउँदो छ। त्‍यसकारण उसका बुबाले त्‍यसलाई औधी माया गर्छन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हामीले हजूरलाई भन्‍यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्‍छ, र उहाँको वृद्धावस्‍थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्‍यसका दाजु मरिसके, र आफ्‍नी आमापट्टिको अब त्‍यो मात्र छ, र त्‍यसका बुबाले त्‍यसलाई खूबै माया गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामीले, ‘हाम्रा एक जना वृद्ध पिता हुनुहुन्छ, र उहाँको वृद्धावस्थामा जन्मेको सानो छोरा छ, त्यसको दाजु मर्‍यो; अनि ऊचाहिँ त्यसकी आमाको बाँचेको एउटै छोरा हो; र त्यसका पिताले त्यसलाई धेरै माया गर्नुहुन्छ’ भनेर जवाफ दियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’