Genesis 44:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला हामीले भन्‍यौं, ‘कान्‍छो भाइ हामीसँग गएन भने हामी जान सक्‍दैनौं हामी ती मानिसको अघि पुग्‍न सक्‍नेछैनौं। कान्‍छो भाइ गयो भने मात्र हामी जानेछौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामीले उहाँलाई भन्‍यौं, ‘हामी जान सक्‍दैनौं। यदि हाम्रो कान्‍छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्‍छौं। किनकि हाम्रो कान्‍छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले भन्यौँ, ‘हामी जान सक्दैनौँ। हामीसित हाम्रो कान्छो भाइ छ भने मात्र हामी जानेछौँ। हाम्रो कान्छो भाइ हामीसित छैन भने हामी ती मानिसको अनुहार हेर्न पनि पाउनेछैनौँ।’
Nepali ERV (पवित्र बाइबल)
अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’