Genesis 44:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍योबाहेक यसको लागि मैले आफ्‍नो प्राणको जमानी बुबालाई दिएर आएको छु। मैले उहाँलाई भनेको छु कि यसलाई असल र कुशल उहाँकहाँ फर्काइलगिन भने म जीवनभरि त्‍यसको लागि दोषी हुनेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरको दास, म आफै यस केटाको निम्‍ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्‍यसलाई फर्काएर तपाईंकहाँ ल्‍याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सेवकले आफ्नो पिताकहाँ यस केटाको सुरक्षाको जमानी बसेको छ। मैले भनेँ, ‘यदि मैले यसलाई तपाईंकहाँ फर्काएर ल्याइनँ भने म मेरो जीवनभरि मेरा पिताका सामु दोषी हुनेछु!’
Nepali ERV (पवित्र बाइबल)
“त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’