Genesis 44:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सहरदेखि अलि पर पुगेपछि योसेफले मूल-चाकरलाई भने, “छिटो-छिटो ती मानिसहरूको पछि जा। अनि तिनीहरूलाई भेटेर भन्, ‘तिमीहरूले किन भलाइको साटो हामीसित खराबी गर्‍यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्‍नो भण्‍डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्‍यौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उनीहरू सहरदेखि केही टाढा मात्र पुगेका थिए, तब योसेफले आफ्ना भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछि-पछि जा; अनि उनीहरूलाई भेटेपछि उनीहरूलाई भन्, ‘भलाइको साटो तिमीहरूले किन खराबी गर्‍यौ?
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ?