Genesis 45:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले मन थाम्‍न सकेनन्। आफ्‍ना चाकरहरूको अघि आफूलाई सम्‍हाल्‍न सकेनन् र तिनीहरूलाई बिदा गरे। म योसेफ हुँ भनी आफूलाई प्रकट गर्दा योसेफसित आफ्‍ना दाजुभाइहरूबाहेक अरू कोही थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफ्‍ना वरिपरि उभिने सबै सेवकका सामुन्‍ने आफूलाई सम्‍हाल्‍न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्‍ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्‍यहाँ अरू कोही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने।