Genesis 45:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबालाई र आ-आफ्‍ना परिवारलाई साथमा लिई यहाँ फर्केर आइहालून्। मिश्रमा भएको सबैभन्दा असल भूमि म तिनीहरूलाई दिनेछु र जीवन निर्वाह गर्न तिनीहरूलाई प्रशस्‍त उब्‍जनी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्‍दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्‍जनी खानेछौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’
Nepali ERV (पवित्र बाइबल)
आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।”