Genesis 45:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबका छोराहरूले तिनीहरूलाई भनेअनुसार गरे। राजाको आज्ञाअनुसार योसेफले तिनीहरूलाई गाडाहरू र बाटोमा खाने सामल-तुमल दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।