Genesis 45:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबालाई उनले मिश्रको सबैभन्दा असल थोकहरूले लादेका दश गधा र तिनको बुबाको यात्राको लागि अन्‍न, रोटी र अन्‍य खानेकुरा लादेका दश गधा पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना बुबाको निम्‍ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्‍न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए।