Genesis 45:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो!
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।