Genesis 45:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई बेच्‍यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्‍तवमा परमेश्‍वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।