Genesis 45:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्पूर्ण मिश्रदेशको शासक बनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”