Genesis 45:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हतार गरेर मेरा बुबाकहाँ जाओ र तपाईंको छोरा योसेफले यसो भनी पठाएका छन् भन: ‘परमेश्वरले मलाई सारा मिश्रदेशको शासक बनाउनुभएको छ। झट्टै मकहाँ आउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु।