Genesis 46:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब आफ्‍ना सबै भारी कसेर हिँडे र बेर्शेबामा आइपुगे। त्‍यहाँ उनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरलाई बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।