Genesis 46:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफ आफ्नो रथमा चढेर बुबालाई भेट्न गोशेनमा गए। भेट भएपछि योसेफले आफ्ना दुवै हातले बुबाको गलामा अँगालो हालेर धेरै बेरसम्म रोइरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।