Genesis 46:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले भन्नू कि हामीले आफ्ना पिता-पुर्खाले जस्तो जीवनभरि गाई-वस्तु स्याहारेर बसेका छौं। त्यसो गर्दा राजाले तिमीहरूलाई गोशेनमा बास गर्न दिनेछन्।” मिश्रीहरूले गोठालाहरूसित केही सम्बन्ध गर्न चाहँदैनन् भनी जानेर योसेफले त्यसो भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंहरूले भन्नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्यावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले भन्नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’