Genesis 47:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण योसेफले पाँच दाजुहरूलाई लिएर राजाकहाँ गए। उनले भने, “मेरा बुबा र दाजुभाइहरू कनानदेखि भेडा-बाख्रा, गाई-गोरुका बथान र अरू सर-सम्‍पत्ति लिएर आएका छन्। तिनीहरू गोशेन प्रदेशमा आइपुगेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्‍तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ र अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योसेफ गए, र फारोलाई भने, “मेरा पिता र मेरा दाजुभाइहरू, उनीहरूसित भएका बगाल र बथान; अनि भएभरका सबै कुराहरू लिएर कनान देशबाट आएका छन्, र अहिले गोशेनमा छन्।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।”