Genesis 47:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई मिश्रदेशमा बसोबास गराए। राजाको आज्ञाअनुसार तिनीहरूलाई रामसेस सहरको छेउमा भएका सबैभन्दा असल भूमिमा जमिन दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गाजमिन दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योसेफले आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई इजिप्टमा बसोबास गराए; अनि फारोले आदेश दिएअनुसार देशको सबैभन्दा असल भाग अर्थात् रामसेसमा उनीहरूलाई जग्गाजमिन दिए।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि रामसेसेमा राखे।