Genesis 47:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्र र कनान देशको सारा धन खर्च भइसकेपछि मिश्रीहरूले योसेफकहाँ आएर भने, “हामीलाई खानेकुरा दिनुहोस्। हामीलाई मर्न नदिनुहोस्। केही उपाय गर्नुहोस्। हाम्रो रकम-पैसा सबै सकिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्‍ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, “हामीलाई अन्‍न दिनुहोस्‌। तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इजिप्ट र कनानका मानिसहरूका रकम सकियो, तब इजिप्टका मानिसहरू सबै जना योसेफकहाँ आएर भने, “हामीलाई भोजन दिनुहोस्। तपाईंको आँखाकै सामु हामी किन मर्नु? हाम्रो सबै रकम सकिए।”
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”