Genesis 47:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले आफ्‍ना गाई-वस्‍तु योसेफकहाँ ल्याए र तिनले तिनीहरूका घोडा, भेडा-बाख्रा, गाई-गोरु र गधाहरूको सट्टामा तिनीहरूलाई अन्‍न दिए। त्‍यो साल योसेफले तिनीहरूका सारा गाई-वस्‍तुको सट्टामा तिनीहरूलाई अन्‍न दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए, र योसेफले तिनीहरूका घोड़ा, भेड़ा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए; अनि तिनले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तुहरू र गधाहरूको सट्टामा तिनीहरूलाई अन्‍न दिए। तिनले त्यो वर्षभरि नै तिनीहरूका सबै गाईबस्तुको सट्टामा तिनीहरूलाई अन्‍न दिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस वर्ष यूसुफले मानिसहरूबाट भेडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।