Genesis 47:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को साल तिनीहरूले आएर योसेफलाई भने, “तपाईंसित लुकाउने कुरा केही छैन, हजुर। हाम्रा सबै रकम-पैसा सिद्धिए र हाम्रा सबै गाईवस्‍तुहरू तपाईंका भइसकेका छन्। अब तपाईंलाई दिने हामीसित आफ्‍ना शरीर र जमिनबाहेक अरू केही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्‍तुका बथान पनि सबै हजूरकै भइसकेका छन्‌। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्‍गाजमिनबाहेक अरू केही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो वर्ष बित्यो, तब दोस्रो वर्ष उनीहरू योसेफकहाँ आएर भने, “हामी हाम्रा मालिकबाट यो सत्य कुरा लुकाउन सक्दैनौँ। हाम्रो रकम सकिसक्यो; अनि हाम्रा गाईबस्तु पनि तपाईंका भइसकेका छन्। अब हामीसित हाम्रा शरीरहरू र जमिनबाहेक हाम्रा मालिकलाई दिनका लागि केही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
तर अर्को वर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।