Genesis 47:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मिश्रमा भएका सारा जमिन योसेफले राजाको निम्ति किने। अनिकालचाहिँ यति भयङ्कर भएको थियो कि हरेक मिश्रीलाई आफ्नो जमिन बेच्न कर लाग्यो। यसरी सारा जमिन राजाका भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गाजमिन बेचे। यसरी जग्गाजमिन फारोको भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योसेफले इजिप्टका सबै जमिनहरू फारोका निम्ति किने। इजिप्टियनहरूका लागि अनिकाल विकराल भएको हुनाले इजिप्टियनहरू हरेकले आफ्ना जमिनहरू बेचे। अनि यसरी ती जमिनहरू फारोका भए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे।