Genesis 47:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खालि पूजाहारीको जमिन मात्र तिनले किनेनन्। तिनीहरूले जमिन बेच्‍नुपरेन किनभने तिनीहरूलाई राजाले जीविकाको लागि केही खर्च दिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पूजाहारीहरूका जग्‍गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्‍नको हिस्‍सा तोकिएको थियो, र फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे। त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेच्‍नुपरेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि तिनले पुजारीहरूका जमिनचाहिँ किनेनन्; किनकि तिनीहरूले फारोबाट तोकिएका भोजनको आफ्नो भाग नियमित पाउँथे। फारोले तिनीहरूलाई दिएका भागबाट तिनीहरूका निम्ति पर्याप्‍त भोजन प्राप्‍त गर्दथे। त्यसैले गर्दा तिनीहरूले आफ्ना जमिन बेचेनन्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।