Genesis 47:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले मानिसहरूलाई भने, “हेर, अब राजाको लागि मैले तिमीहरूलाई जमिनसमेत किनेको छु। खेतमा छर्ने बिउ यहाँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले मानिसहरूलाई भने, “अब हेर, आज मैले तिमीहरू र तिमीहरूका जमिनहरू फारोका निम्ति किनेको छु; तिमीहरूका निम्ति यहाँ बिउ छ। यसकारण तिमीहरूले खेतमा उब्जनी लगाउन सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।