Genesis 47:26 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी योसेफले मिश्रदेशमा उब्जनीको पाँचौँ हिस्सा राजाको हुने ऐन बनाए। यो ऐन अहिलेसम्म त्यहाँ चलिआएको छ। खालि पूजाहारीहरूको जमिन राजाको भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मिश्र देशमा जग्गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्म प्रचलित छ, कि उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ। पूजाहारीहरूका जग्गाजमिन मात्र फारोको भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योसेफले इजिप्टमा जमिनको विषयमा यो कानुन स्थापित गरे, जुन आजसम्म छँदैछ—उब्जनीको पाँचौँ भाग फारोको हुन्छ। केवल पुजारीहरूको जमिन मात्र फारोका भएनन्।