Genesis 47:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले तिनीहरूलाई सोधे, “तिमीहरू के काम गर्छौ?” “हजुर, हामी गोठालाहरू हौं, हाम्रा बाजे-बराजु पनि गोठाला थिए,” तिनीहरूले उत्तर दिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले ती दाजुभाइहरूलाई सोधे, “तिमीहरूको पेशा के हो?” उनीहरूले फारोलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा पुर्खाहरूझैँ गोठालाहरू हौँ।”
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?” तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेडा गोठालाहरू नै थिए।”