Genesis 47:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले उत्तर दिए, “मेरो परदेशी जीवन एक सय तीस वर्ष पुगेको छ। मेरा परदेशी बाजे-बराजुको उमेरभन्दा मेरो उमेर थोरै र कष्‍टले भरिएको छ, हजुर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्‍यति त अहिले मेरो पुगेकै छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले फारोलाई भने, “मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्‍टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।”
Nepali ERV (पवित्र बाइबल)
याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस वर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”