Genesis 48:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उमेरले गर्दा याकूबका आँखा कमजोर भएका थिए र उनले राम्ररी देख्‍दैनथे। योसेफले छोराहरूलाई बुबाकहाँ ल्‍याए र उनले तिनीहरूलाई अँगालो मारेर म्‍वाइँ खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्‍न सक्‍दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिंदै अङ्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद