Genesis 48:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले योसेफलाई यसरी आशीर्वाद दिए— “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्‍वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्‍म डोर्‍याउनुहुने परमेश्‍वरले यी दुईलाई आशीर्वाद देऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँड्‌थे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मलाई डोर्‍याउनुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्‍वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्‍वासयोग्य भएर हिँडे, जुन परमेश्‍वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ,
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।