Genesis 48:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई सारा आपत्-विपत्‌देखि बचाउने स्‍वर्गदूतले यिनीहरूलाई आशीर्वाद देऊन्! यी बालकहरूद्वारा मेरा, मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकको नाम अमर रहोस्‌। यिनीहरूका धेरै छोरा-छोरीहरू र धेरै सन्‍तान होऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्‌। र पृथ्‍वीमा यिनीहरू अनगन्‍ती भई संख्‍यामा बढून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
Nepali ERV (पवित्र बाइबल)
उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”