Genesis 48:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखेर योसेफलाई मन परेन र बुबाको हात समातेर एफ्राइमको टाउकोदेखि मनश्‍शेको टाउकोमा सारिदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात हटाउनलाई उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्‍न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते।