Genesis 48:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्‍यस दिन याकूबले तिनीहरूलाई आशिष् दिए, “इस्राएलीहरूले आशीर्वाद दिँदा तिम्रा नामहरू लिनेछन्, तिनीहरूले भन्‍नेछन्, ‘परमेश्‍वरले तिमीहरूलाई एफ्राइम र मनश्‍शेजस्‍ता बनाऊन्।” यसरी याकूबले एफ्राइमलाई मनश्‍शेभन्दा अगाडि राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछ: परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाड़ि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने, “तिमीहरूकै नाममा इस्राएलले यो आशिष् उच्‍चारण गर्नेछ: ‘परमेश्‍वरले तिमीहरूलाई एफ्राइमझैँ र मनश्शेझैँ बनाऊन्।’ ” यसरी उनले एफ्राइमलाई मनश्शेको अगाडि राखे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने, “जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा, तिमीहरूको नाउँ उच्चारण गर्नेछन्। तिनीहरूले भन्नेछन्, परमेश्वरले तिमीहरूलाई पनि एप्रैम र मनश्शे झैं महान बनाउन्।” यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।