Genesis 48:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई भन्नुभयो, ‘म तँलाई धेरै छोरा-छोरी दिनेछु र तेरा सन्तानहरू धेरै जाति बन्नेछन्। यो देश म सदाकालको निम्ति तेरा सन्तानलाई दिनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले मलाई भन्नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा संधैको निम्ति अधिकार जमाउनेछन्।’