Genesis 48:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले अझै भने “योसेफ, म यहाँ आउनुभन्दा अघि मिश्रमा जन्मेका तेरा छोराहरू पनि मेरा हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे पनि मेरा छोरा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब म मिश्रमा आउन अगि मिश्रमा जन्मेका तेरा यी दुई छोराहरू मेरै हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।