Genesis 49:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरले तँलाई आशीर्वाद दिनुहुन्छ उहाँले तँलाई आकाशदेखि वर्षा, पृथ्वीमुनिको गहिरो पानी, धेरै-धेरै बालबच्चाहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।