Genesis 49:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्न र फलफूलहरू, पुराना समयका पर्वतहरू र अनन्त डाँडाका रमाइला थोकहरू यी सबैमा आशिष् दिनुहुनेछ। यी आशिष्हरू योसेफको शिरमा होऊन्, दाजुभाइहरूसित अलग राखिएको योसेफको शिरमा होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्दा र अनन्त डाँड़ाहरूका आशिष्भन्दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरैमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा पिताका आशिष्हरू प्राचीन पर्वतहरूका आशिष्हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्।
Nepali ERV (पवित्र बाइबल)
मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।”