Genesis 49:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब याकूबले आफ्‍ना छोराहरूलाई आज्ञा गरे, “अब म मरेर आफ्‍ना पुर्खाहरूसित मिल्‍न जानेछु। हित्ती एप्रोनको खेतमा भएको ओडारमा मलाई मेरा बुबा-बाजेहरूसित गाड्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।