Genesis 49:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो ओडार कनान देशमा मम्रेको पूर्वपट्टि मक्‍पेलामा छ। त्‍यो ठाउँ अब्राहामले चिहान बनाउन एप्रोनबाट किनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।