Genesis 49:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम र तिनकी स्वास्नी सारा त्यहीँ गाडिएका छन्। त्यहीँ इसहाक र तिनकी स्वास्नी रिबेका गाडिएका छन् र मैले लेआलाई त्यहीँ गाडें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।