Genesis 49:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ उर्लंदो पानीको भलजस्तो छस्, तर तँ सबैभन्दा मुख्यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्ना बुबाको ओछ्यानलाई अपमान गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानीजस्तो चञ्चल तँ, तेरो प्रतिष्ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्यो अशुद्ध पारिस्— तँ मेरो ओछ्यानमा चढ़िस्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ पानीझैँ चञ्चल छस्; यसैले इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
Nepali ERV (पवित्र बाइबल)
तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्।”