Genesis 50:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबालाई गाडिसकेपछि योसेफ आफ्ना दाजुभाइहरू र उनीसित गएका मलामीलाई साथमा लिई मिश्रमा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना बुबालाई गाड़िसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।