Genesis 50:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना बुबा मरेपछि योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले अझै हामीलाई घृणा गर्न र बदला लिन खोज्‍यो भने कसो गर्नुपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”
Nepali ERV (पवित्र बाइबल)
याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”