Genesis 50:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तेरा दाजुहरूले तेरो खराबी गरेर जो अपराध गरे, त्‍यो अब दया गरी माफ गरिदे।’ हामी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई हामीले गरेका दोष अब माफ गरिदिनुहोस्।” यो खबर पाई योसेफ रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूका अपराध क्षमा गर्नुहोस्‌।” उनीहरूको यस्‍तो कुरा सुनेपछि योसेफ रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘तिमीहरूले योसेफलाई यसो भन्‍नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्‍वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए।
Nepali ERV (पवित्र बाइबल)
उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।” त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए।