Genesis 50:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्दले तिनीहरूको हृदय छोयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।