Genesis 50:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मेरो बुबाले मर्ने बेलामा आफूले कनान देशमा बनाएको चिहानमा उनलाई गाड्‍नू भनी मलाई प्रतिज्ञा गर्न लाएका थिए र बुबालाई गाड्‍न जाने आज्ञा मलाई दिइयोस् र काम सकेर म फर्की आउनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्‍यहीँ गाड़ेर फर्किआउन पाऊँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्‍नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।”‘