Genesis 50:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका परिवार, दाजुभाइहरू र याकूबको परिवारका अरू मानिसहरू पनि तिनीसित गए। खालि तिनीहरूका स-साना छोरा-छोरीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू गोशेनमा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्‍चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए।