Genesis 6:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तँसँग म एउटा करार बाँध्नेछु। आफ्नी स्वास्नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि।
Nepali ERV (पवित्र बाइबल)
तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरु, पत्नी, अनि बुहारीहरु लानु।