Genesis 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा र यसपछि पनि पृथ्‍वीमा मानवका छोरीहरू र परमेश्‍वरका छोराहरूबाट जन्‍मेका सन्‍तान शूरवीरहरूजस्‍ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।