Genesis 7:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे।