Genesis 8:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआ र उनीसँग नाउमा भएका सबै पशुहरूलाई परमेश्वरले भुल्नुभएको थिएन। उहाँले बतास चलाउनुभयो र पानी घट्न थाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।